कार दुर्घटना भए आईफोन र एप्पल वाचमा सूचना

काठमाडौँ । एप्पलले आईफोन तथा एप्पल वाचमा कार दुर्घटना भएको जानकारी दिने फिचर उपलब्ध गराउने भएको छ । आगामी वर्षदेखि कम्पनीले उक्त फिचर आईफोन तथा वाचमा उपलब्ध गराउने तयारी गरेको अन्तराष्ट्रिय समाचार संस्था दी इकोनोमिक टाइम्सले जनाएको छ ।
कम्पनीका अनुसार उक्त फिचर आफैंले कार दुर्घटनामा परेको थाहा पाउने छ । त्यसैका आधारमा इमर्जेन्सी नम्बरमा स्वतः कल जाने गरी सिस्टम तयार गर्न लागेको हो । हुन त यो फिचर गुगलले यसअघि नै आफ्नो स्मार्टफोन गुगल पिक्सेलमा उपलब्ध गराइसकेको छ ।
गुगल पिक्सेलमा उपलब्ध फिचरले पनि आफैंले कार दुर्घटना भएको पत्ता लगाई सहयोगका लागि कल गर्न सक्छ । एप्पलले भने यात्रा गर्दा कारमा मोबाइल चलाउने बढ्दो प्रवृत्तिले दुर्घटना बढ्दै गएको भन्दै प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउन लागेको हो ।
यसले दुर्घटना नरोके पनि दुर्घटनापछि हुन सक्ने क्षतिलाई कम गर्न भने सहयोग पुग्ने विश्वास कम्पनीको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
एनपिएल : आज दुई खेल हुँदै
प्रतिक्रिया