बंगलादेशको सिम्फोनीका मोबाइल नेपाली बजारमा
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १२:४२

काठमाण्डौँ । बंगलादेशको नम्बर १ मोबाइल ब्राण्ड सिम्फोनीका मोबाइलहरु नेपाली बजारमा औपचारिक रुपमा उपलब्ध भएका छन् ।
नेपालको लागि सिम्फोनी मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक एपेक्स समुहले तिहारको उपलक्ष्यमा नेपालभर मोबाइल फोन उपलब्ध भएको जानकारी दिएको छ ।
कम्पनीकाअनुसार पहिलो चरणमा तीनवटा स्मार्टफोन मोडलहरु आई ३२, एटम टू र जेड ३३ स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याईएको छ । जसमा सिम्फोनी आई ३२ को बजार मूल्य ८,३३९ रुपैयाँ तोकिएको छ भने एटम टूको बजार मूल्य ११,२२९ रहेको छ । त्यसैगरि सिम्फोनी जेड३३ स्मार्टफोनको मूल्य १३,४८९ रुपैयाँ रहेको छ ।
एपेक्स ग्रुपका सेल्स एण्ड मार्केटिङ हेड अशोक गौतमले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा अधिक फिचर र सुबिधाहरु भएका फोन उपलब्ध गराउने उद्धेश्यले सिम्फोनी मोबाइल बजारमा आएको जानकारी दिए ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
प्रतिक्रिया