मंगलबार, फागुन १२, २०८२

राईले मुख्यमन्त्रीको सपथ लिए, आजै मन्त्रिपरिषद् विस्तार

मेरोन्यूज २०७८ कार्तिक १६ गते १६:३०

विराटनगर । प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र) बाट १, जनता समाजवादी पार्टीबाट १ मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् बनाउन लागेका हुन् ।

नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री बनाइने गठबन्धनमा सहमति भएको छ ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि राई नेतृत्वको सरकारमा समेटिने भएको छ । सहमतिअनुसार मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति बनेको छ ।

प्रतिक्रिया