राईले मुख्यमन्त्रीको सपथ लिए, आजै मन्त्रिपरिषद् विस्तार

विराटनगर । प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र) बाट १, जनता समाजवादी पार्टीबाट १ मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् बनाउन लागेका हुन् ।
नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री बनाइने गठबन्धनमा सहमति भएको छ ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि राई नेतृत्वको सरकारमा समेटिने भएको छ । सहमतिअनुसार मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति बनेको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया