औद्योगिक क्षेत्रले प्रयोग बढाए विद्युत खपत हुनेः निर्देशक घिसिङ
झिलिमिली बत्ति जति पनि बाल्नुस्, कुनै समस्या हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि औद्योगिक उपयोग बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
प्राधिकरणमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको खपत बढाउने एकमात्र बलियो अस्त्र औद्योगिक खपत भएको र यसैका लागि पूर्वाधारहरु बनिरहेको जानकारी दिए ।
उनले खपत बढाउनका लागि उद्योगसम्म पुग्ने प्रशारण लाइन, सबस्टेशन निर्माणको काम भइरहेको बताए । कार्यकारी निर्देशक घिसिङले केही आयोजना निर्माणाधीन रहेको र केही सुरु हुन थालेको उल्लेख गरे ।
पछिल्लो समय स्टिल बिलेट उद्योगबाट मात्र धेरै लोडको माग आएको उनको भनाइ छ । यो क्षेत्रबाट मात्र १ हजार मेगावाट लोड माग भएको घिसिङको भनाई छ ।
औद्योगिकसँगै घरायसी प्रयोगका लागि पनि काम भइरहेको प्राधिकरणले जानकारी दिएको सार्वजनिक यातायात तथा इन्डक्सन चुल्हो पनि खपत बढाउने औजार भएको उनले धारणा राखे ।
तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै कार्यकारी निर्देशक घिसिङले यसपालीको तिहारमा देशैभर झिलिमिली बत्तिको प्रयोग गर्दा कहि कतै पनि केही समस्या नहुने जानकारी घिसिङले दिए ।

















नवपुस्ताका मतदाता भन्छन् : ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अजरबैजानमा इरानी ड्रोन आक्रमण
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया