आजको राशिफल : कार्तिक १७ गते बुधबार

आज २०७८ साल कार्तिक महिनाको १७ गते बुधबार, कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि, उप्रान्त चतुर्दशी तिथि रहेको छ । आज शुभ दीपावली अन्तर्गत कागतिहार तथा कुकुरतिहार रहेको छ भने आज नै नरकचतुर्दशी रहेको छ । आज विहान सबेरै झिसमिसेमा नै शरीरमा तेल लगाएर नुहाउने र यमदीपदान गर्ने प्रचलन रहेको छ ।
मेष
मनमा खुशीका लहरहरु आउने छन् । रोमाण्टिक पनामा बृद्धि हुने छ । चाड पर्वका मुडमा रम्ने सोच आउने छ । खर्चालु अवस्था रहेकाले कमाई भन्दा खर्चको अवस्था बढि देखिने छ । आम्दानीमा संकुचन देखा पर्ने छ । पेशागत क्षेत्र औसत रहने छ ।
वृष
खर्चको अवस्था चुलिने छ । वाहन तथा सवारीसाधनसम्बन्धि विषयमा केही तनाव कायम रहने छ । पेशागत क्षेत्रबाट लाभ नै मिल्ने । आम्दानीमा हुने बृद्धिले सहजता उत्पन्न हुने छ । कारोवारमा बृद्धि हुने हुँदा आशाको संचार हुने छ । फूल तथा मिठाइको व्यापारमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
रसिक स्वाभावका कारण सबैसँग मिल्ने वातावरण भने तयार हुने छ । हितैसीहरुसँग द्वन्द चर्किने समय रहेकाले संयम रहनु होला । पेशागत क्षेत्र सोचे जस्तो सहज हुने छैन् । बोलीमा कमजोरी हुने हुँदा पेशागत क्षेत्रमा अरुको विश्वास आर्जन गर्न कठिन हुने छ ।
कर्कट
मनोबलमा सुधार आउने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । खासगरी मदिरा, दुग्धजन्य पदार्थ, फूल, मांसजन्य कारोवारमा रहेकाहरुलाई विशेष लाभ मिल्ने छ । परिवारमा मिलन हुने छ ।
सिंह
नेतृत्व क्षमतामा निखारता आउने छ । पेशागत जीवन औसत खालको रहने छ । व्यापार व्यवसायमा सोचे जस्तो नाफामुलक भने हुने छैन् । आम्दानीमा हल्का बृद्धि कायम रहने छ । सयम सकारात्मक रहेकाले मनमा उमङ्ग प्राप्त हुने छ ।
कन्या
मनमा शान्तिको अभाष कम हुने र भविष्य प्रतिको चिन्ताले सताउने छ । स्वदेश आउने तथा परिवारमा मिलन हुने छ । यात्रामा सहजता हुने छ । स्वास्थ्य अवस्थामा भने केही दुःख व्योहर्नुु पर्ने छ । खर्च धेरै हुने छ । आकस्मिक लाभका क्षेत्रहरुबाट भने लाभ प्राप्त हुने छ । पेशागत जीवनमा कठिनाई सामना गर्नु पर्ने छ ।
तुला
भगवान प्रतिको आस्थामा पनि बृद्धि हुने छ । यात्राका क्रममा असजिलोपना भोग्नु पर्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । आम्दानीमा बृद्धि देखा पर्ने छ । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । भाग्यको साथ रहेकाले उन्नति प्रगतिका मार्गहरु खुल्ने छन् ।
वृश्चिक
सामाजिक छविमा आँच आउने भएकाले संयमित रहनु होला । योजनाबद्ध कामहरु केही ढिला गरि मात्र सम्पन्न हुने तर्खरमा मात्र जाने छन् । परिवारका सदस्यहरु नै दुश्मन बनेर देखा पर्ने भएकाले ठिक्क विश्वाससहित मात्र अघि बढ्दा उपयुक्त होला । साथिभाइको भने साथ मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ ।
धनु
धन धान्यको बृद्धि हुने छ । दृढ खालको स्वाभाव हुने छ । समय सकारात्मक रहेको देखिन्छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । ब्यापार व्यावसायमा प्रगति हुने छ । पारीवारिक जीवनमा भने कटुताका क्रमहरु निरन्तर रहने छ ।
मकर
कल्पनाका मात्राहरु बढि हुनाले व्यावहारिकपना कमजोर बन्ने छ । मनमा एकतमासको चिन्ताले सताइरहने छ । कुलतका क्षेत्रहरुप्रति संवेदनशिल बनि सचेत रहनु होला । आम्दानीमा कमि हुने हुँदा आर्थिक दबाब सृजना हुने छ । पेशागत क्षेत्रमा प्रभावकारी कदम चाल्न कठिन हुने छ ।
कुम्भ
सामाजिक जीवनमा पनि उन्नति हुने र कदर हुने छ । धर्म अध्यात्म प्रति श्रद्धासहित सँलग्न हुन मन लाग्ने छ । पवित्रतामा बृद्धि हुने छ । पेशागत जीवनमा अपेक्षाकृत भन्दा बढि लाभ मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । पारीवारिक विश्वासमा भने कमि आउने छ ।
मीन
मनमा दुविधाका क्रमहरुका कारण उत्साहको कमि हुने छ । स्वास्थ्य समस्याले च्याप्ने छ । पाइआएको पद त्याग्नु पर्ने र बञ्चित हुनु पर्ने छ । खानेकुराप्रति अरुचि बढ्ने छ । विगतका विषयले मनमा एकतमासको पीडा दिइ रहने छ । दाम्पत्य जीवनमा भने मधुरता आउने र जीवनसाथिको साथले ठुलो मद्धत मिल्ने छ । पेशागत जीवन उत्साहपूर्ण हुने छैन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया