ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १७ गते ७:५५

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् ।
त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया