आईसीसी विश्वकप टी–ट्वान्टीमा आज भारत अफगानिस्तासँग खेल्दै

एजेन्सी । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतले आज बुधबार ७:४५ मा हुने खेलमा अफगानिस्तासँग भिड्ने छ ।
अबुधाबीमा हुने खेलमा अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा भारत रहेको छ ।
सुरुवात दुई खेलमा हारेको भारतका सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ ।
भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्याण्डसँग ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले गुमाएको भारतले दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजीत भएको थियो ।
अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ । अफगानिस्तानसँग लामो सट प्रहार गर्ने ब्याट्सम्यानदेखि विश्वका उत्कृष्ट स्पिनर समेत रहेका छन् । रासिद खान, मुजीबले भारतीय टिमलाई दुख दिने ठानिएको छ ।
भारतलाई सेमिफाइनल पुग्न अफगानिस्तानविरुद्ध ठुलो अन्तरको जित आवश्यक छ । अफगानिस्तानसँगै भारतले नामिबिया, स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन आवश्यक छ । पाकिस्तान र न्युजिल्याण्डसँग ठुलो अन्तरले हारेका कारण भारतलाई राम्रो रनरेटको समेत आवश्यकता छ ।
बुधबारनै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ । यस समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया