आईसीसी विश्वकप टी–ट्वान्टीमा आज भारत अफगानिस्तासँग खेल्दै

एजेन्सी । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतले आज बुधबार ७:४५ मा हुने खेलमा अफगानिस्तासँग भिड्ने छ ।
अबुधाबीमा हुने खेलमा अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा भारत रहेको छ ।
सुरुवात दुई खेलमा हारेको भारतका सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ ।
भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्याण्डसँग ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले गुमाएको भारतले दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजीत भएको थियो ।
अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ । अफगानिस्तानसँग लामो सट प्रहार गर्ने ब्याट्सम्यानदेखि विश्वका उत्कृष्ट स्पिनर समेत रहेका छन् । रासिद खान, मुजीबले भारतीय टिमलाई दुख दिने ठानिएको छ ।
भारतलाई सेमिफाइनल पुग्न अफगानिस्तानविरुद्ध ठुलो अन्तरको जित आवश्यक छ । अफगानिस्तानसँगै भारतले नामिबिया, स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन आवश्यक छ । पाकिस्तान र न्युजिल्याण्डसँग ठुलो अन्तरले हारेका कारण भारतलाई राम्रो रनरेटको समेत आवश्यकता छ ।
बुधबारनै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ । यस समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया