मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १८ गते ९:२१

कैलाली । डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दिपायलबाट डडेल्धुरा जादै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले के.आई.सिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका–८ गोपघाटमा बुधबार दिउँसो करिब १ बजे कार्कीलाइ ठक्कर दिएको थियो।घटनापछि मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया