भारतमा थप १२ हजार जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १४:१४
काठमाडौँ । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा भारतमा कूल ४६१ जनाले कोरोनाबाट ज्यान गुमाएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कुल संख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् ।
दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुने धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा अहिलेसम्म संक्रमणमुक्त भइसकेकाको कुल संख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाबाट अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया