न्यायालयको समस्या सरकारले समाधान गर्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालयमा समस्या देखिएका बेला सरकार र दलहरु चुप बस्न नमिल्ने बताएका हुन् ।
‘‘न्यायालयमा भएको बेथितीमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त रु कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैं विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ ?’ उनले प्रश्न गरे, ‘यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खाली भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’
नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए । नेपालको त्रुटिपूर्ण व्यवस्थापनका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले नेपाली कांग्रेस नेतृत्वको सरकारले भविष्य हेरेर काम गर्नुपर्ने धारणा राखे ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
एनपिएल : आज दुई खेल हुँदै
प्रतिक्रिया