भिम रावलको प्रश्न : प्रचण्डले कुन हैसियतले एमसीसीलाई पत्र पठाए ?
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीका सम्बन्धमा पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका सम्बन्धमा पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।
बेलायतमा जलवायु सम्मेलनमा भाग लिएर फर्किनासाथ देउवाले पत्र पठाइसकेको बताएको भन्दै रावलले सो पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।
‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो,ु रावलले ट्विटमा लेखेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’
यस्तो विषयमा गरिएको गोप्य पत्राचार देशघात भएको उल्लेख गर्दै रावलले प्रचण्डले के हैसियतले पत्र पठाएको भनेर प्रश्न समेत गरेका छन् । ‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’रावलले लेखेका छन् ।

















मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’
PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले खोले बैंक खाता
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया