बुधबार, पुष २, २०८२

भिम रावलको प्रश्न : प्रचण्डले कुन हैसियतले एमसीसीलाई पत्र पठाए ?

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीका सम्बन्धमा पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग

मेरोन्यूज २०७८ कार्तिक १८ गते १७:०३

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका सम्बन्धमा पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

बेलायतमा जलवायु सम्मेलनमा भाग लिएर फर्किनासाथ देउवाले पत्र पठाइसकेको बताएको भन्दै रावलले सो पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो,ु रावलले ट्विटमा लेखेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’

यस्तो विषयमा गरिएको गोप्य पत्राचार देशघात भएको उल्लेख गर्दै रावलले प्रचण्डले के हैसियतले पत्र पठाएको भनेर प्रश्न समेत गरेका छन् । ‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’रावलले लेखेका छन् ।

प्रतिक्रिया