नगद रकमसहित जुवा खेल्दै गरेका ३१ जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक १९ गते १४:५१
काठमाडौँ । कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुई ठाउँबाट करिब ६ लाख रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्लाको बाणगंगा नगरपालिका १ बैरियास्थित किशोरजंग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेको प्रहरीले जनाएको छ ।
गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसमेत बरामद भएको छ । पक्राउ परेकाहरू स्थानीय उद्योगी व्यापारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाइने भएको छ ।
सम्बन्धित









एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया