प्रेस सेन्टर बागलुङले स्थापना गर्यो दुई पुरस्कार कोष

बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुबाआमाका नाममा रु एक÷एक लाखको पुरस्कार कोष खडा गरेका हुन् ।
थापाले बुवा भक्तबहादुर र आमा जगकुमारीको स्मृतिमा ‘भक्त–जग स्मृति पत्रकारिता पुरस्कार’ र खड्काले बुबा श्यामबहादुर र आमा चन्द्रकलीको नाममा ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका कोष खडा गरेका अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताए ।
दुवै पुरस्कारको घोषणा प्रेस सेन्टरको पाँचौँ जिल्ला सम्मेलनका अवसरमा घोषणा गरिएको थियो । जिल्लामा रहेर निष्पक्ष, व्यावसायिक तथा खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई वर्षेनी पुरस्कृत गरिने उनको भनाइ थियो ।
“पुरस्कारको छुट्टै कार्यविधि बन्छ, अक्षयकोषबाट आउने ब्याज रकमबाट पुरस्कार प्रदान गरिनेछ”, अध्यक्ष थापाले भने, “जिल्लामा क्रियाशील पत्रकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।” अक्षयकोषदाता थापाका बुवा भक्तबहादुर तत्कालीन मल्म गाविस वडा नं ७ को वडासदस्य र खड्काका बुवा श्यामबहादुर वडा नं ९ को वडाध्यक्ष थिए । दिवङ्गत बुवाआमाको सम्झनालाई चीरस्थायी बनाउन पत्रकारिता पुरस्कार कोष खडा गरिएको हो ।
यस पुरस्कारले पत्रकारितामार्फत समाज रुपान्तरणमा टेवा पु¥याउने पत्रकारलाई अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ । अक्षयकोषदाता थापा जापानस्थित गलकोट समाजका पूर्वअध्यक्ष र खड्का घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार छन्। विसं २०६४ मा स्थापित प्रेस सेन्टरले पत्रकारिता क्षेत्रको विकासका लागि रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया