प्रेस सेन्टर बागलुङले स्थापना गर्यो दुई पुरस्कार कोष

बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुबाआमाका नाममा रु एक÷एक लाखको पुरस्कार कोष खडा गरेका हुन् ।
थापाले बुवा भक्तबहादुर र आमा जगकुमारीको स्मृतिमा ‘भक्त–जग स्मृति पत्रकारिता पुरस्कार’ र खड्काले बुबा श्यामबहादुर र आमा चन्द्रकलीको नाममा ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका कोष खडा गरेका अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताए ।
दुवै पुरस्कारको घोषणा प्रेस सेन्टरको पाँचौँ जिल्ला सम्मेलनका अवसरमा घोषणा गरिएको थियो । जिल्लामा रहेर निष्पक्ष, व्यावसायिक तथा खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई वर्षेनी पुरस्कृत गरिने उनको भनाइ थियो ।
“पुरस्कारको छुट्टै कार्यविधि बन्छ, अक्षयकोषबाट आउने ब्याज रकमबाट पुरस्कार प्रदान गरिनेछ”, अध्यक्ष थापाले भने, “जिल्लामा क्रियाशील पत्रकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।” अक्षयकोषदाता थापाका बुवा भक्तबहादुर तत्कालीन मल्म गाविस वडा नं ७ को वडासदस्य र खड्काका बुवा श्यामबहादुर वडा नं ९ को वडाध्यक्ष थिए । दिवङ्गत बुवाआमाको सम्झनालाई चीरस्थायी बनाउन पत्रकारिता पुरस्कार कोष खडा गरिएको हो ।
यस पुरस्कारले पत्रकारितामार्फत समाज रुपान्तरणमा टेवा पु¥याउने पत्रकारलाई अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ । अक्षयकोषदाता थापा जापानस्थित गलकोट समाजका पूर्वअध्यक्ष र खड्का घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार छन्। विसं २०६४ मा स्थापित प्रेस सेन्टरले पत्रकारिता क्षेत्रको विकासका लागि रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया