प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन दलको बैठक
प्रचण्ड र माधव नेपालसँगको भेटपछि प्रधानमन्त्रीले साँझ ५ वजे सत्ता गठबन्धनको बैठक बोलाएका हुन्

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठवन्धन दलको बैठक बोलाएका छन् । उनले साँझ ५ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्ता गठवन्धनमा रहेका ५ दलको बैठक बोलाएका हुन् ।
सत्ता गठवन्धनमा कांग्रेस सहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । यीमध्ये ४ दल सरकारमा सहभागी छ भने जनमोर्चाले सरकार वाहिरै रहेर सरकारलाई समर्थन र साथ दिँदै आएको छ । विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग देउवाले प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेका थिए ।
भेटमा न्यायालयमा देखिएको विवाद, प्रधानन्ययाधीस प्रकरण, जलवायु सम्मेलनवाट फर्केपछि प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा दिएको अभिब्यीक्त पछिको तरंग र आगामी चुनाव लगायतका विषयमा केन्द्रीत रहेर छलफल हुने वताईएको छ । प्रधानन्यायाधीस प्रकरणमा सर्वाेचचकै न्यायाधीसहरु समेत वेन्च वहिस्कार गरेर आन्दोलनमा रहेको र कानुन ब्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसन समेत चरणबद्ध आन्दोलनमा रहँदा समेत दलहरु मौन वसेको र त्यसमा सत्तापक्षले रहस्यमय मौनता साँधेको आरोप लागिरहेका बेला सत्ता गठवन्धन दलको वैठक साँझ ५ वजे वालुवाटारमा बस्न लागेको हो ।
प्रधानन्यायाधीस प्रकरणमा सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस सकभर विवादवाट टाढा रहन चाहेको छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने न्यायलय नै आन्दोलनमा रहँदा न्यायाक्षेत्र प्रभावित वनिरहेकोले यस विषयमा सत्ता गठवन्धन दलभित्र छलफल गरी आवश्यक परे प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर भने पनि जानुपर्ने पक्षमा देखिएको छ ।
आजको सत्ता गठवन्धन दलको बैठकमा न्यायालयभित्रको यी प्रकरण लगायतमा गठवन्धन दलको बैठकमा गहन छलफल हुने वताईएको छ ।
त्यस्तै वैठकमा राजदुत नियुक्ति, गठवन्धन निर्माण गर्दा भएको सहमति अनुसार गठबन्धनको प्रभावकारी भूमिकाको निम्ति दलीय समन्वय समिति बनाउने ( सरकार सञ्चालन संयन्त्र होइन ) भनी गरेको निर्णय कार्यान्वयन नभएको विषयमा पनि छलफल हुने जनाइएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिन अगाडी दलीय समन्वय समिति नवनेको भन्दै असन्तुष्टि पोखेका थिए ।
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया