कांग्रेस कैलालीको सभापतिमा बमको उम्मेदवारी घोषणा

कैलाली । नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्र्गत आगामी मंसिरमा हुने जिल्ला अधिवेसनका लागि बमले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए । ‘हाम्रो मेहनतका कारण कैलाली कांग्रेसमा गुटगत राजनीति अन्त्य भएको छ,’ बमले भने,‘म सभापति भएपछि स्थानीय तहदेखी संघिय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने छ, संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’
लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापति समेत बनिसकेको बताउँदै बमले आगामी महाँधिवेसनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन् । उनले सवै कार्यकर्ताको रोजाईमा आफूनै पर्ने दाबी गरे । ‘विगत दुई वर्षदेखी मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने,‘त्यस क्रममा सवै पालिका र वडामा म पुगेको छु, सवै क्षत्रबाट मलाई सहयोग छ ।’
आफ्नो उम्मेदवारीमा जिल्लादेखी केन्द्रको सहयोग रहेने विश्वास लिएको उनले बताए । कांग्रेस कैलालीको वडा र पालिका स्तरिय अधिवेसन पछि आफ्नो टिम घोषणा गर्ने उनले बताए ।
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया