गुगल खातामा नयाँ नियम पालना नगरे एकाउन्ट बन्द हुने

काठमाडौँ । गुगलले प्रयोगकर्ताको खातालाई थप सुरक्षित र भरपर्दो राख्न गुगल खातामा ठूलो परिवर्तन गर्ने निर्णय गरेको छ । यहि नोभेम्बर ९ तारिख अर्थात् मंगलबारदेखि गुगलका सबै उत्पादन तथा सेवाहरुमा नयाँ सुरक्षा अपडेट जारी गरिने कम्पनीले जनाएको दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
गुगल खाताको नयाँ नियममानुसार लगइन गर्न दुई चरणको प्रमाणीकरण अर्थात् दुई–स्टेप अथेन्टिकेसन प्रयोग गर्नुपर्नेछ । सो नियमलाई पालना नगरे आफ्नो एकाउन्टमा पहुँच गर्न सक्षम नहुने कम्पनीले जनाएको छ ।
यो नयाँ नियम गुगलमा एकाउन्ट खोलेका सबै प्रयोगकर्ताहरुका लागि अनिवार्य लागू हुनेछ । कम्पनीले सुरक्षालाई ध्यानमा राखी दुई चरणको प्रमाणिकरण कार्यान्वयन गर्न निकै जरुरी रहेको सूचना दिएको छ ।
गीज्मोचाइनाको रिपोर्टअनुसार गुगलले नोभेम्बर ९ बाट यो नयाँ सुरक्षा प्रणाली लागू गर्नेछ । यसबाट, सबै गुगल खाताले अतिरिक्त तह सुरक्षा पाउनेछन् र यसले व्यक्तिगत डाटा धेरै सुरक्षित राख्नेछ कम्पनीको दाबी छ ।
अहिले पासवर्ड चोरीका घटनाहरु बाहिर आउने क्रम जारी छ । यस सम्बन्धमा गुगलमा अनगिन्ती गुनासो आइरहेका छन् । यसैलाई ध्यानमा राखेर यो कदम चालिएको कम्पनीले बताएको छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया