गुगल खातामा नयाँ नियम पालना नगरे एकाउन्ट बन्द हुने

काठमाडौँ । गुगलले प्रयोगकर्ताको खातालाई थप सुरक्षित र भरपर्दो राख्न गुगल खातामा ठूलो परिवर्तन गर्ने निर्णय गरेको छ । यहि नोभेम्बर ९ तारिख अर्थात् मंगलबारदेखि गुगलका सबै उत्पादन तथा सेवाहरुमा नयाँ सुरक्षा अपडेट जारी गरिने कम्पनीले जनाएको दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
गुगल खाताको नयाँ नियममानुसार लगइन गर्न दुई चरणको प्रमाणीकरण अर्थात् दुई–स्टेप अथेन्टिकेसन प्रयोग गर्नुपर्नेछ । सो नियमलाई पालना नगरे आफ्नो एकाउन्टमा पहुँच गर्न सक्षम नहुने कम्पनीले जनाएको छ ।
यो नयाँ नियम गुगलमा एकाउन्ट खोलेका सबै प्रयोगकर्ताहरुका लागि अनिवार्य लागू हुनेछ । कम्पनीले सुरक्षालाई ध्यानमा राखी दुई चरणको प्रमाणिकरण कार्यान्वयन गर्न निकै जरुरी रहेको सूचना दिएको छ ।
गीज्मोचाइनाको रिपोर्टअनुसार गुगलले नोभेम्बर ९ बाट यो नयाँ सुरक्षा प्रणाली लागू गर्नेछ । यसबाट, सबै गुगल खाताले अतिरिक्त तह सुरक्षा पाउनेछन् र यसले व्यक्तिगत डाटा धेरै सुरक्षित राख्नेछ कम्पनीको दाबी छ ।
अहिले पासवर्ड चोरीका घटनाहरु बाहिर आउने क्रम जारी छ । यस सम्बन्धमा गुगलमा अनगिन्ती गुनासो आइरहेका छन् । यसैलाई ध्यानमा राखेर यो कदम चालिएको कम्पनीले बताएको छ ।

















‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया