आईसीसी टी–ट्वान्टी : सेमिफाइनलबाट बाहिरिएको भारत अन्तिम खेल खेल्दै

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सोमबार भारत र नामिवियाबीच खेल हुदैछ । सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबीचको खेल दुबईमा राती ७ः४५ मा सुरु हुनेछ ।
सेमिफाइनलमा प्रवेश गर्न नसकेका यी दुईले जारी विश्वकपको अन्तिम खेल खेल्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबीचको खेल केवल औपचारिकतामा मात्र सिमित हुनेछ । प्रतियोगितामा चार खेल खेलेको भारतले दुई खेलमा जित हात पार्दा दुई खेलमा पराजय भागेको छ । यता नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ ।
भारतले पाकिस्तानसँग १० र न्यूजिल्यान्डसँग ८ विकेटको हार ब्योहोरेको थियो भने अफगानिस्तानलाई ६६ रन तथा स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ नामिवियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेपनि अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।
नामिवियाले तेस्रो खेलमा पाकिस्तानसँग ४८ रन तथा न्यूजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो । जारी प्रतियोगिता अन्तर्गत समूह २ बाट पाकिस्तान र न्यूजिल्यान्ड तथा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया