आईसीसी टी–ट्वान्टी : सेमिफाइनलबाट बाहिरिएको भारत अन्तिम खेल खेल्दै

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सोमबार भारत र नामिवियाबीच खेल हुदैछ । सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबीचको खेल दुबईमा राती ७ः४५ मा सुरु हुनेछ ।
सेमिफाइनलमा प्रवेश गर्न नसकेका यी दुईले जारी विश्वकपको अन्तिम खेल खेल्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबीचको खेल केवल औपचारिकतामा मात्र सिमित हुनेछ । प्रतियोगितामा चार खेल खेलेको भारतले दुई खेलमा जित हात पार्दा दुई खेलमा पराजय भागेको छ । यता नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ ।
भारतले पाकिस्तानसँग १० र न्यूजिल्यान्डसँग ८ विकेटको हार ब्योहोरेको थियो भने अफगानिस्तानलाई ६६ रन तथा स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ नामिवियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेपनि अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।
नामिवियाले तेस्रो खेलमा पाकिस्तानसँग ४८ रन तथा न्यूजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो । जारी प्रतियोगिता अन्तर्गत समूह २ बाट पाकिस्तान र न्यूजिल्यान्ड तथा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया