टी–२० विश्व कप : गएराति भएको खेलमा भारत विजयी
मेरोन्यूज
२०७८ कार्तिक २३ गते ७:०२

काठमाडौँ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारत विजयी भएको छ । गएराति यूएईको दुबईमा भएको खेलमा नामिबियालाई नौ विकेटले पराजित गर्दै भारत विजयी भएको हो ।
नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि एक विकेट गुमाएर भेट्टायो । भारत र नामिबिया यसअघि नै सेमिफाइनल नपुगी बाहिरिसकेकाले सोमबारको खेल प्रतिष्ठाको लागि मात्रै थियो । यसैबीच, भारतीय कप्तान विराट कोहली कप्तानीबाट अलग भएका छन् । विश्व कप क्रिकेटपछि कप्तानी छाड्ने यसअघि नै घोषणा गरेअनुसार विराटले कप्तानी छाडेका हुन् ।
विश्व कप क्रिकेटको सेमिफाइनलमा बुधबार न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा बिहीबार पाकिस्तान र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आइतबार हुनेछ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया