टी–२० विश्व कप : गएराति भएको खेलमा भारत विजयी
मेरोन्यूज
२०७८ कार्तिक २३ गते ७:०२

काठमाडौँ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारत विजयी भएको छ । गएराति यूएईको दुबईमा भएको खेलमा नामिबियालाई नौ विकेटले पराजित गर्दै भारत विजयी भएको हो ।
नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि एक विकेट गुमाएर भेट्टायो । भारत र नामिबिया यसअघि नै सेमिफाइनल नपुगी बाहिरिसकेकाले सोमबारको खेल प्रतिष्ठाको लागि मात्रै थियो । यसैबीच, भारतीय कप्तान विराट कोहली कप्तानीबाट अलग भएका छन् । विश्व कप क्रिकेटपछि कप्तानी छाड्ने यसअघि नै घोषणा गरेअनुसार विराटले कप्तानी छाडेका हुन् ।
विश्व कप क्रिकेटको सेमिफाइनलमा बुधबार न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा बिहीबार पाकिस्तान र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आइतबार हुनेछ।
सम्बन्धित








रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया