शिक्षक अस्पताल बनाउन तयारी सुरु

काठमाडौँ । सरकारले शिक्षक अस्पताल निमार्णका लागि तयारी गरेको छ । सरकारले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा। विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त ठाउँमा जग्गाप्राप्ति गर्न समति गठन गरिएको हो ।
समितिले २ महिनाभित्र उपयुक्त ठाउँमा जग्गा खोज्नु पर्जे छ । जग्गा प्राप्ति भएपछि अस्पताल निमार्णको काम सुरु गरिने बताइएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए ।
सरकारले काठमाडौं, चितवन लगायतका सहरमा जग्गा खोजिरहेको छ । सरकारको यो निर्णयसँगै सैनिक, प्रहरी र निजामति कर्मचारीको जस्तै अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल बन्ने भएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया