माओवादी केन्द्रको स्थायी कमिटि बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादीको स्थायी कमिटि बैठक शुरु भएको हो ।
माओवादीले आसन्न पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको तयारीका लागि कात्तिक २५ सम्म पार्टी सदस्यता वितरण र नवीकरणको काम गर्ने गरी समयसिमा निर्धारण गरेकोले त्यसका विषयमा पनि आजको स्थायी कमिटि बैठकमा समिक्षा हुने माओवादीका एक स्थायी कमिटि सदस्यले बताए ।
त्यस्तै सत्ता गठबन्धन दलको तर्फबाट सोमबार गठन गरेको राजनीतिक संन्यत्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डका अतिरिक्त अर्काे एक सदस्य कसलाई बनाउने भन्नेमा पनि पार्टीभित्र छलफल हुने भएको छ ।
छलफल पछि माओवादीले संयन्त्रमा रहने नेताको नाम टुग्गो लगाउने छ । सम्भवत वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई संन्यत्रमा रहने गरी नाम टुग्गो लगाउने तयारी छ ।
त्यस्तै अन्य विभागहरुका वैठकको तयारी, सरकारको कामको समिक्षा लगायत अवको उपचुनाव र राष्ट्रिय सभा चुनावका विषयमा पनि समिक्षा हुनेछ । मुख्यत हिजो साँझ वसेको सत्ता गठवन्धन बैठकका निर्णयका बारेमा अध्यक्ष प्रचण्डले नेताहरुलाई आजको बैठकमा विफ्रिङ समेत गर्नेछन् ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया