प्रधानसेनापति भारत प्रस्थान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्् । नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरे ।
प्रधानसेनापतिको नियुक्ति भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् । उनले आजै भारतीय रक्षा सचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गर्नेछन् । प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय रहेको छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्केनेछन् ।
कामु प्रधानसेनापतिको कार्यभार कार्कीलाई
प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने हुने पनि जानकारी दिइएको छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया