बामदेवले दिए एमसीसी फिर्ता लैजान सुझाव
मेरोन्यूज
२०७८ कार्तिक २४ गते २१:१८

काठमाडौं । नेकपा (एमाले)को विभाजनपछि एकता राष्ट्रिय अभियान चलाएका नेता बामदेव गौतमले अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता लैजान सुझाव दिएका छन् ।
राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले बुधबार विज्ञप्ति जारी गर्दै एमसीसी परिजनाका कारण नेपाली जनतामा मतभेद बढेको भन्दै परियोजना फिर्ता लैजान आग्रह गरेका हुन् ।
गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको उल्लेख गरेका छन् ।
एकपक्षीय रुपमा भए पनि एमसीसी परियोजना फिर्ता लैजान नेता गौतमले अमेरिकी सरकारलाई सोही विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।
‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न ।’– गौतमले भनेका छन् ।

सम्बन्धित
















कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया