प्रधानन्यायाधीशको नयाँ रणनीति : अरु मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेशी
बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दा हेदैं आईरहेका न्यायाधीसलाई अप्ठ्यारो पार्ने रणनीतिमा प्रधानन्यायाधीश राणा लागेका छन्

काठमाडौं । आफ्नो राजीनामा माग गदै लगातार अघोािष्त रुपमा वेन्च वहिष्कार गरिरहेका र वन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेरिरहेका न्यायाधीसहरुलाई अप्ठ्यारो पार्ने गरी प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाले नयाँ रणनीति अवलम्वन गरेका छन् ।
वन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेरेर समय नभएको भन्दै कार्यब्यस्तता देखाउँदै अन्य मुद्दा नहेरीरहेका न्यायाधीसलाई अप्ठ्यारो पार्ने गरी प्रधानन्यायाधीस राणाले विहिवार पेशी तोक्ने क्रममै नयाा रणनीति अवलम्वन गरेका हुन् ।
उनले आजका लागि तोकिएका पेशीमा पहिले अन्य मुद्दा राखेर वीचमा मात्रै वन्दी प्रत्यक्षीकरणको मुद्दाको पेशी राखेका छन् । यसले अव न्यायाधीसलाई वेन्चमा बस्ने या अन्य मुद्दाको सुनुवाई गरेर वन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाईमा प्रवेश गर्ने् भन्ने दवावमा पारेको छ ।
सामान्यतयाः बन्दीप्रत्यक्षीकरणको निवेदन अदालतमा पेशी तोकिदा पहिलो प्राथमिकतामा पर्ने हुन्छ । प्राय त्यही अनुसार पहिले वन्दी प्रत्यक्षीकरणको मुद्दाको पेशी तोकेर मात्र अन्य मुद्दाको पेशी राखिने परम्परा रहँदै आएको थियो । तर आफुलाई इजलास चलाउन अप्ठ्यारो पादै आएका न्यायाधीसलाई पनि अप्ठ्यारो पार्ने गरी उनले आजको इजलासमा पहिले अन्य मुद्दको पेशी राखेर मात्र वन्दी प्रत्यक्षीकरणको मुद्दाको पेशी राखेका हुन् ।
न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिएको छ । न्यायाधीशहरु इजलासमा बसेपछि क्रमैसँग मुद्दा हेर्दै जानुपर्छ । बिचको छानेर हेर्न मिल्दैन । यही अप्ठेरो पार्न अदालतमा चलिआएको परम्परामा क्रमभंग गरेरै प्रधानन्यायाधीसले पेशी तोकेका छन् ।
आजका लागि ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास प्रधानन्यायाधीस राणाले तोकेका छन् । एउटा तीन सदस्यीय पूर्ण इजलास र पाँचवटा संयुक्त इजलास तोकेका छन् ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया