प्रमुख दलका पार्टी सदस्यता अपडेट
कांग्रेस, एमाले, माओवादीः कुन कति शक्तिशाली ?
कांग्रेस -एमाले दुवैका ८ लाख संगठित सदस्य पुग्दा माओवादीको पनि ६ लाख संगठित सदस्य पुगेका छन्

काठमाडौं । प्रमुख तीन राजनीतिक दल नै अहिले पार्टीको महाधिवेशन र राष्टिय सम्मेलनको तयारीमा जुटेका छन् । तीन दल कांग्रेस, एमाले र माओवादी मध्ये सवैभन्दा पहिले केन्द्र देखि प्रदेश सरकारसम्म सरकारको नेतृत्व गुमाएको प्रमुख प्रतिपक्षी दल एमालेको दशौं महाधिवेशन हुँदैछ।
चितवनमा मंसिर १० देखि १२ सम्म एमालेले पार्टीको महाधिवेशन आयोजना गदैछ । त्यसपछि कांग्रेसको महाधिवेशन मिति तोकिएको छ । काग्रेसको भने पटक -पटक मिति सदै अहिले मंसिर २४ देखि २६ सम्म लाई महाधिवेशनको मिति तोकिएको छ ।
त्यसपछि माओवादी केन्द्रको पनि राष्टिय सम्मेलनको मिति तय भएको छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा माओवादीको पनि राष्टिय सम्मेलन आयोजना हुदैछ ।
पार्टीका महाधिवेशन/सम्मेलन लक्षित गरेर नयाँ सदस्यता वितरण, पूराना सदस्यता नविकरणका काम यो वीचमा प्रमुख तिनै दलले गरेका छन् । काग्रेसले क्रियाशिल सदस्यता फाइनल गरिसकेको छ । उसको ७० हजार पूराना सदस्यले पार्टी सदस्यता नविकरण नगराएको भएपनि नयाँ र पूरानो गर्दा क्रियाशिल सदस्यको संख्या ८ लाख ४६ हजार ७२९ पुगेको तथ्यांक कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले यस अगाडी नै सार्वजनिक गरिसकेको छ ।
कांग्रेसको झण्डै दोब्बर संख्यामा नयाँ सदस्यले क्रियाशिल सदस्यता लिएको दावी काग्रेसको क्रियाशिल सदस्यता छानविन समितिका सदस्यहरुको भनाई थियो ।
संघीय संसद देखि वहुसंखयक प्रदेश सभामा पहिलो दल भएपनि सरकार सञ्चालनबाट हात धुन वाध्य भएको एमालेले पनि यो वीचमा पार्टी विभाजनको पीडा ब्यहोरेको छ । पार्टीको १५ वर्ष नेतृत्व गरेका नेता माधव नेपाल र १० वर्ष नेतृतव गरेका नेता झलनाथ नाल लगायत एउटा टिमले एमाले छोडेर नेकपा एकीकृत समाजवादी गठन गरेर गएको अवस्था छ ।
इो पृष्ठभूमिमा एमालेले पनि आक्रामक रुपमा पार्टीको संगठित सदस्यता वितरण र नविकरणको कामलाई तिव्रता दिएको थियो । अहिले पनि देशब्यापी सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको काम एमालेले गरिरहेको छ । प्रदेश २ लगायतका केही जिल्ला सहित ९ जिल्लाको सदस्यताको अन्तिम सूचि पार्टी केन्द्रीय कार्यालयमा आईनसकेको एमालेले जनाएको छ ।
उसले कात्तिक २७ गतेको पार्टी महािधवेशन प्रतिनिधी चयन गर्दासम्म सदस्यताको विवरण केन्द्रमा अन्तिम फाइनल गर्ने बताएको छ । अहिलेसम्मको आंकडाका आधारमा एमालेको संगठित सदस्य संख्या ८ लाख १५ हजार आसपास पुग्न सक्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङ्गले जानकारी दिएका छन् ।
उनका अनुसार, सवैभन्दा वढी मोरङ्गमा ३३ हजार ९ सयजना र दोस्रोमा पार्टी अध्यक्ष समेत रहेका केपी ओलीको गृहजिल्ला झापामा २७ हजार ४ सय एमालेको संगठित सदस्य पुगेको तामाङ्गले जानकारी दिए ।
एमालेले कात्तिक २७ मा देशब्यापी रुपमै महाधिवेशन प्रतिनिधी चयन गर्ने वताएको छ । त्यसदिनसम्म संगठित सदस्यको अन्तिम नामावली आउने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रले पनि ६ लाख आसपास पार्टीको सदस्य पुग्ने बताएको छ । यस अगाडी पार्टीको सदस्य संख्या ठोस रुपमै कति छ ? भन्ने कुनै तथ्यांक माओवादीले राखेको थिएन । अनुमानका आधारमा मात्र उसले पार्टीको संगठित सदसयको संख्या दावी गदै आईरहेको थियो । तर अहिले केन्द्रीय कार्यलयमा हरके सदस्यको सम्पूर्ण विवरण समेत खुल्ने गरी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गरेर संगठित सदस्यता पहिलो पटक सफट्वेयरमार्फत नै इन्टीको काम गरिरहेको छ ।
आज कात्तिक २५ सम्म सदस्यता इन्टी गर्ने समयसिमा निर्धारण गरेर माओवादीले संगठित सदस्यहरुको विवरण केन्द्रीय कार्यालयवाट लिदै आएको थियो । जसअनुसार अहिले सम्म झण्डै ५ लाख संगठित सदस्यले सदस्यता सफ्टवेयर मार्फत इन्टी गराएको केन्द्रीय कार्यालयमा इन्टीको कामको मुख्य जिम्मेवारी लिएका शिव खकुरेलले जानकारी दिएका छन् ।
सदस्यता इन्टीका लागि अघिपछि देशभर १८४ युजर बनाएर परिचालन गरेको माओवादी केन्द्रले आजका लागि भने वडा/पालिका स्तरवाटै इन्टी गराउन सक्ने गरी २२ हजार युजर क्रेड गरेर सफट्वेयरमा इन्टीको काम धमाधम गरिरहेको छ ।
पलिका र जिल्लाले सदस्यहरुको विवरण फारममा संकलन गरेको तर इन्टी गरिनसकेका कारण आजका लागि युजरको संख्या वडा र पालिका स्तरमै विस्तार गरेर अहिले सदस्यता इन्टीको काम गरिरहेको माओवादीको भनाई छ । उसले आज मध्यरात १२ वजेसम्म सफ्टवेयरमार्फत सदस्यता इन्टीको काम गर्ने समय भएकोले करिव ६ लाख हाहाहारीमा संगठित सदस्य पुग्ने अनुमान माओवादीले लगाएको छ ।
‘अरु पार्टीको भन्दा यसपटक संगठित सदस्यको विवरण सम्पूर्ण रुपमा खुल्ने गरी सफ्टवेयर विकास गरेर इन्टीको काम भईरहेको छ, यो तथ्यांकले कुन सदस्य कति वर्ष देखि पार्टीमा लागे, कुन कुन जिम्मेवारी सम्हाले, अहिले कुन जिम्मेवारीमा छन । सवै तथ्यांक अध्यक्षले आफ्नै मोवाइलवाट हेर्न सक्ने गरी सफ्टवेयर विकास गरेर राखिएको छ,’ माओवादीको संगठन विभागका एक सदस्यले मेरोन्यूजलाई बताए ।
माओवादीको कर्णालीमा मात्रै ८० हजार भन्दा वढी सदस्यले संगठित सदस्यता भरेका छन् । वाग्मतिमा करिव १ लाख माथीको संगठित सदस्यले यो समाचार तयार पार्दासम्म संगठित सदस्यता सफ्टवेयरमा इन्टी गराएका छन् । प्रदेश १, २ र गण्डकीमा तुलनात्मक रुपमा अन्य प्रदेशमा भन्दा माओवादीको संगठित सदस्यको संख्या कम रहेको माओवादीले जनाएको छ । ‘तर जतिले सदस्यता इन्टी गराएका छन्, यो संख्या हेर्दा संगठनात्मक उत्साह पार्टीमा देखिएको पाइएको छ,’ संगठन विभागका ति सदस्यले भने ।
सदस्यता इन्टीको समयसिमा आज मध्यरातवाट सकिने भएकोले भोलि माओवादीले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । उसले मंसिर द्द७ मा देशभर टोल भेला, मंसिर ४ मा वडा सम्मेलन मंसिर २१ म पालिका सम्मेलन र मंसिर २५ मा प्रदेश सम्मेलनको मिति तय गरेको छ । जिल्लालाई जिल्ला समन्वयको रुपमा लैजाने निर्णय यस अगाडी नै केन्द्रीय समितिले गरिसकेको छ ।

















ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
निर्वाचनका लागि चीनले ४० लाख डलर अनुदान सहयोग गर्ने
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
प्रतिक्रिया