न्यायालय विवाद
त्रिवि पूर्व उपकुलपतिहरुको सरकार र दलहरुलाई कडा चेतावनी
जनताले सरकारलाई गैरजिम्मेवार र नेताहरुलाई अवसरवादीको आक्षेप लगाउने दिन नआओस्

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका चार पूर्व उपकुलपतिहरुले बार एशोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
त्रिविका पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले संयुक्त रुपमा सरकार राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् ।
लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोशिएसनको आन्दोलन र जिम्मेवार निकायहरुले त्यसप्रति देखाएको उदासिनाता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उनीहरुले जनाएका छन् ।
न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अबिलम्ब निकास पाउन जरुरी रहेको उनीहरुको सुझाव छ ।
‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता कहाँ जाने ?’ उनीहरुले भनेका छन, ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरु संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चार्यलाग्दो छ ।’
‘जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक दलहरुलाई अवसरवादीको आक्षेप लगाउनेस्थिति नआओस् भन्ने हामी चाहन्छौं ।’– ध्यानाकर्षणपत्रमा भनिएको छ ।
आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरुलाई अबिलम्ब पाइला चाल्न पनि उनीहरुले आग्रह गरेका छन् ।

















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया