क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई
दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद २५ हजार छ ।
यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शंकर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि पाँच हजार रहेको छ ।
मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
















सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया