ठिमीमा बन्यो शंखधर पार्क

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित शंखधर चोकमा शंखधर पार्क बनेको छ ।
मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्मित शंखधर पार्कको उद्घाटन आइतवार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी क्षेत्रफलमा पार्क फैलिएको छ । १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्कमा काठमाडौं महानगरले २ करोड रुपैयाँ सहयोग गरेकोे छ ।
पार्कमा नेवारी समुदाय र काठमाण्डौ उपत्यकाको वास्तु शिल्प र कलालाई देखाइएको छ । उपत्यकाको मौलिक शैलीमा निर्माण गरिएको मध्यपुर थिमि नगरपालिकाले बताएको छ ।
मध्यपुर थिमि नगरपालिकाले एतिहासिक र पुरातात्विक महत्वको सम्पदालाई संरक्षण र पुननिर्माण गर्न योजना बनाएर नै काम गरिरहेको छ ।
















प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया