मंसिरमा यूके युनिभर्सिटी फेयर २०२१ हुँदै

काठमाडौं । आगामी मंसिर ५ गते युके युनिभर्सिटी फेयर २०२१ हुने भएको छ । एस.आइ.यूकेको आयोजनामा ‘यूके युनिभर्सिटी फेयर २०२१’ गर्ने भएको हो ।
सबै देशको शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यूकेले पोष्ट प्यान्डामिक, नविनतम परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्धतिका बारेमा सत्यतथ्य जानकारी गराउन सो शैक्षिक मेलाको आयोजना गर्न लागिएको एसआईयूके नेपाल प्रमुख विनय अधिकारीले जानकारी दिए ।
बेलायत पढ्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा यो सेवा सुरु गरिएको अधिकारीले बताए ।
एस.आइ.यूकेले ३६ देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गर्दै आएको छ ।
शैक्षिक मेलामा युकेका विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई युकेमा अध्ययन अवसर र चुनौतीकाबारेमा जानकारी गराउने बताइएको छ ।










एनपीएल कान्तिपुर म्याक्सबाट लाइभ हुने
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया