टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई
मेरोन्यूज
२०७८ कार्तिक २९ गते ६:३८

काठमाडौँ । अस्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई आठ विकेटले हराउदै अस्ट्रेलियाले उपाधि जितेको हो ।
न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले दुई विकेट गुमाएर सात बलअघि भेटायो । अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन, मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन, मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जोश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए । योसँगै टी-२० विश्वकपले नयाँ च्याम्पियन पाएको छ ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया