मंगलबार, वैशाख ९, २०८२

‘ए’ डिभिजनको दुई चरणको सबै खेल दशरथ रंगशालामै

मेरोन्यूज २०७८ कार्तिक ३० गते १९:४६

काठमाडौं । आगामी शुक्रबारबाट शुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दुई चरणको सबै खेल दशरथ रंगशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ खेल तालिका सार्वजनिक गर्दै दुई चरणको सबै खेल एकै ठाउँमा खेलाउने जनाएको हो ।

उदघाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो दिनबाट भने हरेक दिन दुई दुई खेल हुने एन्फाले जनाएको छ ।

अपरान्ह पौने पाँच बजे शुरु हुने उदघाटन खेल फ्लड लाइटमा खेलाइने भएको छ ।

एन्फाकाअनुसार कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्नेछन् ।

प्रतिक्रिया