शशांकले केही दिनमै सभापतिको उम्मेवार घोषणा गर्ने

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केही दिनभित्रै पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै कोइरालाले आफूले सभापति पदमा नै उम्मेदवारी दिने र छिट्टै नै औपचारिक घोषणा गर्ने बताए ।
पार्टीको १४ औं महाधिवेशनमा आफूले सभापतिमै उम्मेदवारी दिने र औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्नेसमेत स्पष्ट गरे ।
उनले आफू पार्टी सभापति पदका लागि बलियो उम्मेदवार भएको पनि दाबी गरे ।
कांग्रेस महामन्त्री कोइरालाले अहिलेको पाँचदलीय गठबन्धन आगामी चुनावमा नहुने बताए ।
सत्ता गठबन्धनका लागि मात्रै कांग्रेसले सहकार्य गरेको उनले बताए । पाँच दलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने भन्दै कोइरालाले आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने पनि स्पष्ट गरे ।
चुनावमा कांग्रेस एक्लै लडेर पनि पहिलो पार्टी बन्नेसमेत उनको भनाइ छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया