हिमालयन शेर्पालाई नेपाल आइसको प्रायोजन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने भएको छ ।
काठमाडौमा एक कार्यक्रमकाबीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो ।
हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ‘ए’ डिभिजन लिगमा नेपाल आइस अंकित लोगो भएको जर्सी लगाउने छ । प्रायोजन रकम भने खुलाइएको छैन ।
सम्झौता कार्यक्रममा बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायीत्व र फुटबल विकासका लागि नेपाल आईस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए ।
यस्तै, हिमालयन शेर्पा क्लबले स्पोटर््स किट्स पार्टनरको रुपमा खेलकुद पोशाक कम्पनी केटीएम सिटीसँग साझेदारी गरेको छ ।
हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौता पत्र आदान प्रदान गरे ।
सम्झौतासँगै केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटीएम सिटीको जर्सी प्रयोग गर्नेछ ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग शुक्रबारबाट हुँदैछ । हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ ।
बुधबार नै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले पनि टि टेनसँग स्पोटर््स किट्स प्रायोजनाका लागि सम्झौता गरेको छ । सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्ससँग खेल्दै लिगको आरम्भ गर्नेछ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया