बुधबार, मंसिर २४, २०८२

सेटिङवाला नेताले चोलेन्द्रलाई बोक्न छाडे हुने : लेखक संग्रौला

मेरोन्यूज २०७८ मंसिर २ गते ६:३४

काठमाडौँ । लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीशसँग देशका शीर्ष नेताहरू सेटिङ र भागबण्डामा चलेको आरोप लगाएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग देशका सबै शीर्ष नेताहरू सेटिङमा चलेको बताएका छन् ।

आफ्ना सामाजिक सञ्जालमार्फत लेखक संग्रौलाले जबरलाई बोक्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानन्यायाधीश जबरालाई बोकेको बताए । उनले यी नेताहरूले जबरालाई बोक्दा उनीहरूको काँध डुङडुङी गनाए बताएका छन्

‘आफ्नै नाकलाई गन्धमुक्त गर्नका लागि पनि यी सेटिङवालाले जबरालाई बोक्न छाडे हुने, कसुरबापत चोलेन्द्र त गद्दीच्यूत होलान् नै,’ उनले भने, ‘सेटिङका यी जोडालाई के हुने हो ? यिनले कमसेकम कान त समात्नु पर्ला कि !’

प्रतिक्रिया