कट्रिना र विक्कीको विवाहमा सुरक्षा दिन सय जना बाउन्सर खटिने

काठमाडौँ । भारतको जयपुरस्थित होटल सिक्स सेन्सेस बर्वारा फोर्टमा कट्रिना कैफ र विक्की कौशलको विवाह तयारी सुरु भएको छ । बलिउड स्टारको विवाहमा आउनेवाला भिआइपी पाहुनाका लागि रणथम्बोर रोडमा रहेको पाँच तारे ताज र ओबेरोयसमेत बुक गरिएको छ । यी होटलहरूमा करिब एक सय २५ जना विशेष पाहुना रहने छन् ।
सबै पाहुनाहरूलाई जयपुर एयरपोर्टबाट लक्जरी सवारी साधनमा माधोपुर ल्याइने छ । यसका लागि पिक एण्ड ड्रपका लागि कालरा बस सेवा जयपुरको बुकिङ गरिएको समाचारमा जनाइएको छ । यसका साथै विशेष पाहुन ल्याउन लैजान गर्न अडी, बिएमडब्लु र रेञ्ज रोवर कारलगायत सवारी साधन तयार गरिएको छ ।
कट्रिना र विक्कीको विवाहमा कम्तिमा ५० जना कारका ड्राइभर हुने छन् । उनीहरूलाई बस्ने व्यवस्थासहित रणथम्भोरमा गेस्ट हाउसका कोठाहरू बुक गरिएको छ । यस्तै मुम्बईबाट डिजे मगाइएको छ ।
होटल सिक्स सेन्समा ४८ वटा कोठा बुक गरिएको छ । यसमा कट्रिना र विक्कीको परिवारका सदस्य बस्ने छन् । पाहुनाका लागि माधोपुरमा दुई होटल ताज र ओबेरोय बुक गरिएको छ । उनीहरूको विवाहमा आउने भिआइपी पाहुनाको सुरक्षा जिम्मा जयपुरकै एमएच सुरक्षा कम्पनीलाई दिइएको छ । यस क्रममा सुरक्षा कम्पनीले होटलको सुरक्षा गर्न सय जना बाउन्सर तैनाथ गर्ने भएको छ ।
कैट्रिना र विक्कीको विवाह आगामी ७, ८ र ९ गते हुने भएको हो ।
















नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
नयाँ शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने सरकारकाे निर्णय
सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया