सर्वोच्चमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ : अध्यक्ष नेपाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रमपछि पत्रकारसँग बोल्दै उनले सर्वोच्च अदालतको समस्या छिटो समाधान हुनुपर्ने धारणा राखेका हुन् ।
उनले सर्वोच्चको समस्या समाधानका लागि पाँच दलीय गठन्धनले पनि साझा धारणा बनाएको बताए । गठबन्धन दलको बैठकले उक्त समस्या छिटो समाधान गर्ने निर्णय पनि गरेको उनले बताए । ‘हाम्रो पाँच दलको गठबन्धनको बैठकले साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ । अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’
अहिले प्रधानमन्त्री चोलेन्द्र शम्सेर जबरा भ्रष्ट्रचारमा लिप्त भएकोलगायतका आरोप लगाउँदै नेपाल बारले उनको राजीनामाको माग गर्दै आएको छ ।


















श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया