रोल्पा बस दुर्घटनामा चारको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २ गते २१:०७

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस आज बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताए । जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेकोे माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया