एक सय ८० किलो गाँजा तस्करीमा शिक्षकसमेत पक्राउ
काठमाडौँ । सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट एक सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको गाँजा प्रहरीले देवानगञ्जबाट बरामद गरेको हो ।
पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको जाँच गरेको थियो । सो क्रममा ट्रलीभित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले गाँजासहित ट्याक्टर सिमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोष कुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ । मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए ।
उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान केन्द्रीत गरिएको बताए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया