शनिबार, पुष १९, २०८२

कानुन व्यवसायीको नारा ‘विचौलियाका नाइके’ राजीनामा देउ

मेरोन्यूज २०७८ मंसिर ३ गते १०:५७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीहरू कडा रुपमा प्रस्तुत भएका छन् । विगत केही हप्तादेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरूले ‘विचौलियाको नाइके’ राजीनामा देउ भन्दै नारा लगाएका थिए ।

आजको आन्दोलनमा कानुन व्यवसायीहरूले गृह प्रशासन, प्रहरी प्रशासन तथा सर्वोच्च प्रशासनविरुद्ध नारा जुलुस गरेका थिए । बिहीबार प्रहरीले धरपकड गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेण्ठसहित दर्जना जना घाइते भएका थिए ।

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका कानुन व्यवसायीले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया