एमाले पदाधिकारीमा उम्मेदवारी : तैं चुप मैं चुपमा नेताहरू
फेरि दुई उपाध्यक्ष, एक उपमहासचिव पद थप गर्न आन्तरिक छलफल, महिलालाई पदाधिकारीमै ३३ प्रतिशित सुनिश्चित गराउन लविङ्ग

काठमाडौं । नेकपा एमालेकाे १० औँ महाधिवेशनको उद्घाटन हुन सात दिन बाँकी हुँदा एमालेका नेताहरूले कोही कसैले नेतृत्वमा उम्मेदवारी घोषणा गरेका छैनन् । अध्यक्षसहित पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा लागेका नेताहरू बाहिर मौन रहेका छन् । अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएकाले त्यसबाहेकका पदमा समेत कोही कसैले उम्मेदवारी दिनेबारे मुख खोल्न सकेका छैनन् ।
असोजमा सम्पन्न पहिलो विधान महाधिवेशनले १५ सदस्य पदाधिकारी हुने गरी विधानको व्यवस्था गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज भइरहेको छ । पदाधिकारीका लागि करिब ५० जना नेताहरू आकांक्षी रहेका छन् । उनीहरूलाई समेट्ने अवस्था नभएपछि महाधिवेशनको हलबाट उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गरी छलफल अघि बढेको छ ।
‘विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउने विषयमा नेताहरूले भित्री छलफल सुरु गर्न थाल्नु भएको छ,’ एमाले स्थायी समितिका एक नेताले भने । हालका अध्यक्ष केपी शर्मा ओलीलाई एकपटक सर्वसम्मत अध्यक्ष बनाउने र त्यस मुनीका सबै पद बढाएर नेताहरूलाई समावेश गराउने तयारीअन्तर्गत विधान संशोधनबारे छलफल सुरु भएको ती नेताको भनाई छ ।
असोजमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ मात्रै बनाएपछि आकांक्षी नेताहरू धेरै भएको तथा नेताहरूलाई समावेश गर्न असहज हुने भए पनि नेताहरूले यो विषयमा छलफल अघि बढाएका छन् । एमाले उच्च स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, उपमहासचिव एक थप गरेर गरी तीन पद थप गर्ने विषयमा नेताहरूबीच छलफल सुरु भएको हो । उपमहासचिव घनश्याम भुसालले विधान पुन: संशोधन हुन सक्ने संकेत गरेका छन् । ‘केही-केही विषयहरु मिलाउनु पर्ने हुनसक्छ महाधिवेशनको हलमा संशोधनको प्रस्ताव जान सक्छ’, उनले भने ।
एमाले उपाध्यक्षमा धेरै आकांक्षी रहेका छन् । उनीहरुलाई समेट्नु पर्ने बाध्यता छदै छ, उपमहासचिव पनि एक मात्रै पद त्यसमा पनि अर्को एक पद बढाउदा नेताहरुलाई समेट्न सहज हुने भएकाले पनि संशोधन हुने एमाले स्रोतले जनाएको छ । विधान महाधिवेशनले उपमहासचिवमा एक, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष ५ पद निर्धारण गरेको थियो । यदि, अहिले संशोधन भएमा उपाध्यक्ष र उपमहासचिवममा नेताहरुलाई व्यवस्थापन गर्न सहज हुनेछ ।

एमालेले पार्टीको अबको केन्द्रीय समिति बैठक महाधिवेशनको अघिल्लो दिन चितवनमै बस्ने निर्णय यसअगाडि नै लिइसकेको छ । त्यसमा विधान संशोधन गरेर थप २ उपाध्यक्ष र एक उपमहासचिव थप गर्ने प्रसताव ल्याउने र त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेर महाधिवेशनमा लैजाने र पारित गर्ने गरी आन्तरिक छलफलमा नेताहरु रहेको बताइन्छ । यद्यपि, यसबारेमा अहिले नै नेताहरूले मुख खोलिसकेका छैनन् । अध्यक्ष केपी ओलीको मुख ताकेर यतिबेला नेताहरु बसेका छन् ।
यतिबेला भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिरहेका छन् । तर उनले औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । त्यसैगरी घनश्याम भुसालले पनि अध्यक्ष ओलीलाई सर्वसम्मत छाड्न नहुने धारणा राखिरहेका छन् । यसो गर्दा ओलीलाई रावल र भुसालमध्ये एकले चुनौति दिन सक्ने सम्भावना रहेको छ ।
‘मत जति आउला त्यो अर्के कुरा हो पार्टीभित्र फरक विचार र सद्धान्त पनि छ नेतृत्व लिन सक्ने अरु नेताहरु पनि छन् भन्ने विषयलाई बचाई राख्न पनि ओलीविरुद्धको उम्मेदवारी आवश्यक रहेकाले उहाँहरु उम्मेदवारी दिने तयारीमा लाग्नुभएको छ । तर पदाधिकारीमा उहाँहरुलाई सुनिश्चित गर्ने हो भने त्यो संभावना कम हुन्छ’, एक नेताले भने । रावलले पनि अछाम पुगेर हार्नेको चिन्ता नगर्नुस केपी ओलीदेखि सबै नेताहरु एकैपटक जितेर त्यहाँ पुगेका होइनन् भन्दै आफू उम्मेदवार हुने बताएका थिए ।
स्रोतका अनुसार आगामी मंसिर ९ गते सौराहमा बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउनका लागि महाधिवेशनको हललाई आग्रह गर्नेगरी तयारी थालेको छ । त्यसो गर्दा अहिले वरिष्ठ उपाध्यक्षको दावी गरिरहेका ईश्वर पोखरेललाई चुनौती दिएका सुवास नेम्वाङ, रामबहादुर थापालाई समेट्न पनि सहज हुने बझाई नेताहरुमा छ ।
त्यसैगरी सुरेन्द्र पाण्डेले महासचिवभन्दा तल बसेर काम गर्न असहज हुने भएकाले महासचिवमा आफ्नो दावी रहने बताइसकेका छन् । त्यसकारण उनको दावीलाई न्यूनीकरण गर्न र उपाध्यक्षमा बढुवा गर्न सहज हुनेछ । त्यस्तै महासचिवको दावी गरिरहेका शंकर पोखरेललाई उपमहासचिवमा व्यवस्थापन गर्न र भुसाललाई एक कार्यकाल उपमहासचिवमै रहने गरी मनाउन सहज हुने बुझाई नेताहरुको छ ।
यसपटक पृथ्वी सुब्बा गुरुङले उपमहासचिव वा उपाध्यक्ष दावी गरिरहेका कारण उनलाई पनि उपाध्यक्षमा बढुवा गर्न सकिने नेताहरुले जनाएका छन् । त्यस्तै सचिवमा माओवादीबाट एमालेमा आएका नेताहरु लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई ल्याउने गरी छलफल थालिएको छ । १० बुँदेबाट एमालेमा रहेका र माओवादीबाट एमालेमा आएका नेताहरुलाई समेट्न पनि पदाधिकारीमा सर्वसम्मत गर्नुपर्ने बाध्यता एमालेलाई छ ।
हालका सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य त्यही पदमा दोहोरिने संभावना छ । सचिवमा केही नयाँ अनुहारले पनि रहर गरिरहेका छन् । तर सर्वसम्मत हुने भएमा धेरै आकांक्षीहरु ४५ सदस्यीय स्थायी कमिटितिर सुरक्षित हुने गरी तै चुप मै चुपमा बस्न सक्ने आंकलन पनि गरिन थालिएको छ ।
महिलालाई पदाधिकारीमा सुनिश्चित गर्न दबाब
एमालेले महिलालाई पदाधिकारीमा कुनै पनि पद आरक्षणको पद नराखेकोले खुल्लावाटै भएपनि महिलालाई पदाधिकारीमा सुनिश्चित गराउनु पर्ने दवाव पनि एमालेभित्र वढेको छ । अहिलेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य फेरि उपाधयक्षा करिव सुनिश्चित जस्तै देखिएपनि १५ सदसयीय पदाधिकारीमा अन्य महिलालाई पनि समेटनु पर्ने दववा एमाले नेतृत्वमा पुगेको छ ।
अष्टलक्ष्मी शाक्यलाई वरिष्ठ उपाध्यक्ष बनाएर जानुपर्ने भन्दै महिलाहरुले उपाध्यक्षमा आकाँक्षा देखाईहरेका गोमा देवकोटा, राधा ज्ञवाली, सीता पौडेल, उपमहासचिवमा आंकाक्षा गरिरहेकी विन्दा पाण्डे र सचिवमा आकाक्षा गरिरहेका पदमा अर्याल, डा शिवमाया तुम्वाहाम्फे, थममाया थापा, टुका हमाल, सुशीला नेपाल र सुजिता शाक्यवाट पदाधिकारीमा पनि कम्तीमा पनि ३३ प्रतिशित महिला अनिवार्य सुरक्षित गर्नुपर्ने पक्षमा एमालेका महिला नेतृहरुले पार्टीभित्र दवाव वढाउन थालेका छन् ।
















जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुरकाे पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया