ए डिभिजन लिग फुटबल आजदेखि

काठमाडौं । ए डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । सहिद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।
गत सिजन शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटोले लिगको उद्घाटन खेल खेल्दै ए डिभिजनमा डेब्यू गर्दैछ । सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ । सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफूलाई प्रमाणित गर्ने अवसर भएको बताउछन् ।
‘चुनौतीको रुपमा लिएको छु । यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । अरु खेलाडीहरुसँग अनुभव साट्ने छु । टिमको विदेशी खेलाडीहरुले युवा खेलाडीलाई मोटिभेट गर्नेछन् उनले भने । फ्रेन्ड्सले लामो समयबाट लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन ।’ फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने बताए ।
‘हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैटौं सातौसम्म आउने रहेको छ ।’, मिश्रले भने, ‘सातदोबाटो बलियो छ नयाँ क्लब र नयाँ जोसका साथ आएको छ ।’ कुल ९१ खेल हुने लिगमा एु डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया