प्रधानन्यायाधीशलाई महाभियोग लगाउन वकिलहरुको हारगुहार
प्रधानन्यायाधीश भूमिगत गिरोहबाट चलेको आरोप

काठमाडौं । कानून ब्यवसायीहरुले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन दलहरुलाई गुहारेका छन् । न्यायमूर्तिहरुको निरन्तर संघर्षबाट पनि प्रधानन्यायाधीश जबरा डेग नचलेपछि उनलाई महाभियोग लगाउन कानून ब्यवसायीहरुले आग्रह गरेका हुन् ।
शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।
उनले तत्कालै प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर र निष्काशन गर्न राजनीतिक दलहरुलाई उनले आग्रह गरे ।
प्रधानन्यायाधीश भूमिगत गिरोहबाट चलेको आरोप
अधिवक्ता भट्टले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरुसँग गरेको सहमति पनि पालना नगर्नेतर्फ न्यायाधीशहरुलाई सचेत गराए ।
‘यो प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत्मा छ । यो प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालित छ ।’– भट्टले भने ।
प्रधानन्यायाधीश आफ्नो विवेकले नचल्ने र बिचौलियाको माफियाहरुबाट सञ्चालित रहेको उनले आरोप लगाए । अधिवक्ता भट्टले प्रधानन्यायाधीशकाबारेमा राजनीतिक दलहरुले कुनै निर्णय लिन नसकेकोमा पनि रोष प्रकट गरे ।
‘म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु र सम्पूर्ण सांसदहरुलाई म आह्वान गर्न चाहन्छु, तपाईहरु कसको बलमा माननीय हुनुभएको छ अहिले ?’, भट्टले भने, ‘कानुन व्यवसायीले रातदिन खटेर, मुद्दा लेखेर, रातदिन बहस गरेर, अदालतमा झगडा गरेर, आफ्नो मेहनत गरेर, बिना पैसा बहस गरेको कारणले प्रतिनिधिसभा पुर्नस्थापना भएको छ ।’
संसद पुनस्र्थापना भएर नै सांसद, नेता, मन्त्री, गृहमन्त्री भएको समेत उनले बताए ।
‘बारको आन्दोलन दबाउन पदको दुरुपयोग’
बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको आरोप लगाए ।
प्रधानन्यायाधीशले जनताको लागि इजलास चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको उनको आरोप छ ।
शक्तिशाली नेताहरुको मुद्दा सर्वोच्चमा रहेको र ती मुद्दालाई देखाएर नेताहरुलाई तर्साइएको कारण नेताहरु प्रधानन्यायाधीशको विरुद्धमा बोल्न नसकेको उनको भनाइ थियो ।
‘धेरै शक्तिशाली भन्ने नेताहरुको यहाँ मुद्दा रहेछ, त्यो मुद्दामा उहाँले आतंक पठाइराखेको रहेछ नेतालाई । भन्नुस् त हाम्रो कस्तो न्यायालय रहेछ ?’ – उनले प्रश्न गरे ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया