आइतबार, फागुन १०, २०८२

प्रकाश दाहाल स्मृति कपः आर्मीकी मिनुलाई स्वर्ण

मेरोन्यूज २०७८ मंसिर ३ गते २१:१७

काठमाडौं । नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।

पुरुष ४८ केजीमा आर्मीका सुशिल थापाले सुर्खेतका मोहन गुरुङ, ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङ, ५४ केजी आर्मीका प्रेम चौधरीले भूपू बक्सिङका उपास गुरुङ, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जन, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्द तथा ६३.५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई पाखा लगाउदै स्वर्ण जिते ।

विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व मन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रत्येक स्पर्धाका विजेतालाई ५ सय युरो, उपविजेतालाई ३ सय युरो र तेश्रोलाई २÷२ सय युरो नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमार क्रेम्लेभले व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया