पूर्व राज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा
मेरोन्यूज
२०७८ मंसिर ४ गते १७:११

बुटवल । पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले पार्टीबाट राजीनामाको घोषणा गरेका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले पार्टीको सबै पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
एमालेको महाधिवेशन प्रतिनिधिको विषयमा असन्तुष्टी जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।
महाधिवेशन प्रतिनिधि छनोटको विषयमा असन्तुष्टी जनाउँदै निश्पक्ष छानबिन र समिक्षा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
एमाले पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असन्तुष्ट भएका हुन् । सुवेदीबाट असन्तुष्ट बनेका उनले यसअघि पार्टी उपमहासचिव विष्णु पौडेललाईसमेत जानकारी गराएको यादवले बताए ।
सम्बन्धित


















इरानको विश्वकप यात्रा सुनिश्चित
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
Nepali national Amrit Jha released
अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
सङ्घ–प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया