ब्राउनसुगर कारोबार गर्ने आमा–छोरा पक्राउ
काठमाडौँ । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका ६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर ५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा–छोरा नै ब्राउनसुगर कारोबारी हुन् ।
उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो ।
उनीहरूलाई पक्राउ गर्नुपहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर ५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका ४ घर भई हाल तुलसीपुर ६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ ।
















सल्यानमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु
राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया