जापान र अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि बोर्डर खुल्ला

काठमाडौं । शैक्षिक अध्ययनका लागि जापान र अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि बोर्डर खुल्ला भएको छ ।
जापानले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थी प्रवेशमा रोक लगाएको थियो । जापानले गत नोभेम्बर ८ बाट विद्यार्थी भिसामा जापान प्रवेशको अनुमति दिने निर्णय गरेको छ । यसले २०२० मा सीओई प्राप्त गरी ट्युशन फि लगायतको शुल्क तिरेर बसेका विद्यार्थीहरुलाई सहजता हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ ।
जापान सरकारले २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी तीन महिनामा प्रवेशको अनुमति दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरीपछि सुचना जारि गर्ने जनाएको छ ।
भिडियाे
हालै मात्र अष्ट्रेलिया सरकारले पनि आगामी डिसेम्बर १ बाट विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुहरुलाई आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । अब जापान तथा अष्ट्रेलीया जाने विद्यार्थीहरुले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्ने भएका छन् ।
इक्यानले मंगलबार पत्रकार सम्मेलन गरी अभिभावक तथा विद्यार्थी वर्गमा आवागमन खुल्ला गरिएका मुलुकहरुको भिसा प्रकृया तथा यात्राको तयारीलाई सहज एवम् व्यवस्थित बनाउने सन्दर्भमा हालसम्म गरिएका पहलकदमीहका साथै आगामी दिनमा देखापर्ने चुनौतीका सन्दर्भमा जानकारी गराएको थियो ।
२०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म सीओई प्राप्त विद्यार्थीले नोभेम्वर २०२१ मा प्रवेश पाउने, २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्वर ३० सम्मका सीओई प्राप्त विद्यार्थीले डिसेम्वर २०२१ मा प्रवेश पाउने तथा २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म सीओई प्राप्त गरेका विद्यार्थीले जनवरी २०२२ मा प्रवेश पाउने भएकाले सोही अनुसार जापानिज दूतावासमा भिसा आवेदन गरी भिसा प्राप्त गर्न सक्ने इक्यानले जनाएको छ ।
नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलवाट माग गरिएको कागजपत्र पेश गरि जापानको शिक्षा मन्त्रालयवाट प्रदान गर्ने प्रमाणपत्र या परीक्षा (स्क्रिनिङ सर्टिफिकेट) लिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको इक्यानका महासचिव दीपकराज भुसालले बताए ।

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया