सौराहामा दुई हजार जना क्षमताको बन्दसत्र हल निर्माण हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ ।
महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए । महाधिवेशनका सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रुपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताए । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्दसत्र सौराहामा हुँदैछ ।
एमाले महाधिवेशनको बन्दसत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् । सौराहामा दुई दिनसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका अलाबा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठाहरु अग्रिम बुक गरिसकेको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरु बस्ने होटलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता होटलमै व्यवस्था गरिएको छ । मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ भने मंसिर ११ राति पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सौराहामा नै रात्रि भोजको आयोजना गरेका छन् ।

















प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया