तनहुँ कांग्रेसको नेतृत्वमा युवा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् ।
तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित हुनुभएको छ । यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित भएका छन् । सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित भएका छन् । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित भएका छन् । दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित हुनुभयो । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उनले बताए ।
महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् । नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहनुभएका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
तनहुँ क्षेत्र नं १ (क) बाट प्रदेश प्रतिनिधिमा अत्यधिक मत ल्याएर निर्वाचित नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले युवा पुस्ताको पार्टीमा आकर्षण बढेको बताए ।
युवा नेविसङ्घ र तरुण दलमा जोडिने तर यी दुवै सङ्गठन निष्क्रिय रहेकाले युवाको पार्टीको नेतृत्वमा आकर्षण बढेको उनको बुझाइ छ ।
उनले युवाले नेतृत्व चयनमा आफ्नो सहभागिता खोज्न थालेकाले पनि पार्टीको नेतृत्वमा युवा निर्वाचित भएको बताए । पार्टीको मूलधारमा युवा आउँदा पार्टी क्रियाशील हुने उनको विश्वास छ । रासस
















आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया