बालकृष्ण ढुंगेल एमाले महाधिवेशन प्रतिनिधि चयन
मेरोन्यूज
२०७८ मंसिर ८ गते २०:२१

काठमाडौं । नेकपा माओवादी छाडेका बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
पहिलो संविधानसभामा माओवादीबाट सभासद भएका ढुंगेललाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो ।
जिल्ला अदालत ओखलढुंगाको फैसलाका आधारमा साढे सात वर्ष जेल बसेपछि ढुंगेलले पुनरावेदनबाट सफाइ पाएका थिए । सफाइ पाएर जेलमुक्त भएकैबेला उनी सभासद चुनिएका थिए ।
राष्ट्रपतिले सिफारिस स्वीकृत गरेपछि उनी २०७५ जेठ १५ गते गणतन्त्र दिवसका दिन डिल्लीबजार कारागारबाट जेलमुक्त भएका थिए ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया