दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति
काठमाडौँ । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् ।
मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो । मृतकका परिवारलाई दुर्घटना बीमाबापत पाँच लाख र चालकको लापरबाहीका कारण युवाको मृत्यु हुन पुगेकाले चालकका तर्फबाट चार लाख गरी कूल नौ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो ।
मंगलबार डुम्रे बेँसीशहर सडकखण्डमा पर्ने तनहुँको भानु नगरपालिका १ भन्सारमा बसको ठक्करबाट स्कुटर चालक विद्यार्थी नेता २४ वर्षीय सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसका चालकको लापरबाहीका कारण सोही दिशामा गुडिरहेको बा ४५ प २३८ नम्बरको स्कुटर चालक विद्यार्थी नेताको मृत्यु भएको हो ।
बसका चालकको चरम लापरवाहीका कारण विद्यार्थी नेता देवकोटाको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले शब बुझेका थिएनन् । सहमतिपश्चात् बुधबार साँझ आफन्तजनले शव बुझेर दाहसंस्कारका लागि पालुङटार नै लगेका छन् ।















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया