नयाँ ढाँचामा प्रारम्भ भयो इजरायली चलचित्र महोत्सव

काठमाडौँ । नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई कला– संस्कृतिको माध्यमबाट समेत प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीनदिने इजरायली चलचित्र महोत्सव नयाँ ढाँचामा शुरु भएको छ ।
कोभिड महामारी मत्थर नभइसकेकाले आफ्नै सवारीसाधनमा बसेर चलचित्रको आनन्द लिन पारखीहरूलाई यहाँस्थित इजरायली दूतावासले १३ औँ संस्करणको महोत्सव‘ड्राइभ इन फिल्म सोज्’ढाँचामा प्रस्तुत गरेको हो । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको सवारी बिसौनीमा ९०।६ मेघाहर्जमा ‘ट्युन’ गरेपछि विशाल पटाङ्गिनीको ठूलो पर्दामा दृश्य हेर्दै आवाज सुन्दै महोत्सवको मजा लिन सकिनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महोत्सवको आज साँझ उद्घाटन गर्दै इजरायली चलचित्र निर्माता तथा लगानीकर्तालाई नेपालको मनोहर दृश्य र सौन्दर्यको छायांकन गर्न आह्वान गरे । विदेशी चलचित्र निर्माताहरूलाई छायांकनका लागि नेपालमा आकर्षित गर्न आफ्नो मन्त्रालयले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयसँग सिनेमा बनाउनेहरूलाई सहुलियत दिन आग्रह गरेको जानकारी उनले दिए । मुलुकको पर्यटन प्रवद्र्धनमा छायांकनबाट सकारात्मक प्रभाव पर्ने वास्तविकतालाई दृष्टिगत गरी त्यस निम्ति अन्तरसरकारी निकायसँग समन्वय गरिएको उनले बताए ।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरले इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ एवं सुमधुर तुल्याउन महोत्सव आयोजना गरिएको बताए । कलाकार राजेश हमालले चलचित्रहरू सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने भएकाले गुणस्तरीय चलचित्रप्रति आफ्नो लगाव र आकर्षण सधै रहेकाले कलाक्षेत्रमा नै आफू रमाइरहेको बताए ।
महोत्सवमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्व राजदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लबका पदाधिकारीहरूको उपस्थिति थियो । शनिबारसम्म जारी रहने महोत्सवमा सवारीसाधन भएका चलचित्र पारखीलाई निःशुल्क सिनेमा हेर्ने व्यवस्था मिलाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया